काठमाडौँ । काठमाडौंको बुद्धनगरमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका व्यवसायी आश्विन राउतको निधन भएको छ।
शनिबार बिहान भएको उक्त घटनापछि गम्भीर अवस्थामा रहेका राउतलाई तत्काल वीर अस्पताल भर्ना गरिएको थियो। चिकित्सकहरूको प्रयासका बाबजुद उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
घटनाको कारणबारे अनुसन्धान जारी रहेको छ।















