आइतबार, साउन ०३, २०८३
डडेल्धुरामा बोलेरो जिप ४ सय मिटर तल खस्यो, दुई जनाको मृत्यु, तीन घाइते

काठमाडौँ । भीमदत्त राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–७ खर्स्याखानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चालकसहित तीन जना घाइते भएका छन्।

प्रहरीका अनुसार धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १८५० नम्बरको बोलेरो जिप आज बिहान करिब २ बजे दुर्घटनामा परेको हो। जिप सडकबाट करिब ४ सय मिटर तल खसेको जनाइएको छ।

दुर्घटनामा दार्चुलाको अपिहिमाल गाउँपालिका–१ का करिब ४५ वर्षीय सुगन लोथ्याल र सोही स्थानका करिब २८ वर्षीय हनु लोथ्यालको मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते हुनेमा दार्चुलाको मार्मा गाउँपालिकाका ५० वर्षीय अमरसिंह ठगुन्ना, अपिहिमाल गाउँपालिका–१ की ३५ वर्षीया सरस्वती लोथ्याल तथा जिप चालक बैतडीको डिलासैनी गाउँपालिका–२ का अमृत घरेडी रहेका छन्। उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय