मंगलबार, साउन १९, २०८३
राजस्व चुहावट आरोपमा अख्तियारद्वारा विशेष अदालतमा आरोपपत्र दायर

काठमाडौँ । दाङको गढवा गाउँपालिकामा नदीजन्य पदार्थको ठेक्का प्रक्रियामा राजस्व चुहावट भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन अध्यक्ष सहजराम अहिरसहित पाँच जना र एक निर्माण कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले आर्थिक वर्ष २०७६/७७ मा भएको नदीजन्य पदार्थ सङ्कलन तथा निकासीसम्बन्धी ठेक्का प्रक्रियामा अनियमितता भएको निष्कर्ष निकाल्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दर्ता गरेको जनाएको छ।

अनुसन्धानका क्रममा ठेकेदारसँग मिलेमतो गरी सम्झौताबिनै कार्यालयबाट नगदी रसिद जारी गरिएको र त्यसबाट ठूलो मात्रामा राजस्व रकम हिनामिना भएको आरोप लगाइएको छ।

आरोपपत्रमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी, राजस्व शाखा प्रमुख शम्भू चौधरी, सगुन कन्स्ट्रक्सन एण्ड इञ्जिनियरिङ प्रालि, कम्पनीका प्रबन्ध निर्देशक सहदेव खड्का तथा प्रतिनिधि विकास पुनलाई पनि प्रतिवादी बनाइएको आयोगले जनाएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय