शुक्रबार, साउन २९, २०८३
चुनदेवीमा देउवाको नेमप्लेट आफूले राखेको कान्छाराम तामाङको दाबी

काठमाडौं ।नेपाली कांग्रेसका नेता कान्छाराम तामाङले काठमाडौंको चुनदेवीस्थित पार्टी कार्यालयमा सभापति शेरबहादुर देउवाको नेमप्लेट आफूले राखेको बताएका छन्। शुक्रबारदेखि सुरु भएको कांग्रेसको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै तामाङले पार्टी कार्यालय व्यवस्थापनको जिम्मेवारी पाएपछि कसैलाई नसोधी देउवालाई सभापति उल्लेख गर्दै नेमप्लेट राखेको दाबी गरे।

कांग्रेसभित्रको विवादबारे सर्वोच्च अदालतले पुनरवलोकनका लागि निस्सा दिइसकेको भन्दै आफूले नेमप्लेट राखेको तामाङले स्पष्ट पारे।

सिफारिस

ताजा समाचार

लोकप्रिय