शुक्रबार, साउन २९, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टसँगै एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शुक्रबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष शपथ लिएका छन् ।

सन्तोषी कुमारी थापा सामाजिक विकासमन्त्री, चक्रबहादुर मल्ल आर्थिक मामिलामन्त्री, दमन भण्डारी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री तथा जानकी ऐर बम आर्थिक मामिला राज्यमन्त्री बनेका छन् ।

मुख्यमन्त्री भट्ट नेकपा र एमालेबीचको सत्ता समीकरणअनुसार मुख्यमन्त्री बनेका हुन् । यसअघि नेपाली कांग्रेसका संसदीय दलका नेता कमलबहादुर शाहले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।

सिफारिस

ताजा समाचार

लोकप्रिय