शुक्रबार, साउन २९, २०८३
झापामा १३ परिवारले पाए लालपुर्जा

झापा । जिल्ला भूमि समस्या समाधान समिति झापाले कनकाई नगरपालिका–३ र ६ मा बसोबास गर्ने भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासी १३ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ । समितिका अनुसार वितरण गरिएका जग्गामध्ये केही आवासीय र केही कृषि प्रयोजनका छन् । लामो समयदेखि जग्गा भोगचलन गर्दै आए पनि आफ्नो नाममा स्वामित्व नभएका स्थानीयले लालपुर्जा पाएसँगै कानुनी रूपमा जग्गाधनी बनेका छन् ।

सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका समस्या समाधानलाई प्राथमिकतामा राख्दै उनीहरूलाई कानुनी रूपमा जग्गाको स्वामित्व प्रदान गर्ने लक्ष्यअनुसार लालपुर्जा वितरणलाई अघि बढाएको छ। यसबाट भूमिसम्बन्धी समस्या दीर्घकालीन रूपमा समाधान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय