आइतबार, साउन ३१, २०८३
‘पन्च ईभी’ एक्स्पो अफरमा ३२ लाख ९९ हजारमै

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा नयाँ ‘पन्च ईभी’ विशेष अफरसहित सार्वजनिक गरेको छ।

नयाँ पन्च ईभीको सुरुआती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। तर, एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकले एक लाख रुपैयाँको विशेष मूल्य लाभसहित ३२ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सक्नेछन्। कम्पनीका अनुसार यो अफर आजसम्म मात्र लागू हुनेछ।

एक्स्पोमा पन्च ईभी बुकिङ गर्ने ग्राहकले ११ वर्ष वा २ लाख २० हजार किलोमिटरसम्मको विस्तारित वारेन्टीसमेत पाउनेछन्।

नयाँ पन्च ईभी अत्याधुनिक ‘एक्टि.ईभी’ प्लेटफर्ममा आधारित छ। यो ३२ र ४० किलोवाट क्षमताका दुई ब्याट्री विकल्पमा उपलब्ध छ भने एकपटक फुल चार्ज गर्दा ३०० देखि ३२५ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ।

गाडीमा १९५ एमएम ग्राउन्ड क्लियरेन्स, ५–स्टार सुरक्षा रेटिङ, ६ एयरब्याग, ३६० डिग्री क्यामेरा, डीसी फास्ट चार्जिङ, भ्वाइस–एक्टिभेटेड सनरुफ, २६.०३ सेन्टिमिटरको हर्मन इन्फोटेनमेन्ट तथा डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेसलगायत सुविधा रहेका छन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय