मंगलबार, भाद्र ०९, २०८३
देशभर बदली, केही स्थानमा भारी वर्षाको चेतावनी

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा अधिकांश भूभागमा बादल लागेको छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो देशका हिमाली र पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ। तराईका केही स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने भएकाले सतर्कता अपनाउनुपर्ने देखिएको छ। मधेस र कोशीका तराई क्षेत्रमा हावाहुरीको सम्भावनासमेत रहेको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय