काठमाडौँ । आज बस्ने सङ्घीय संसद्का दुवै सदनको बैठकमा विभिन्न विधेयक तथा प्रस्तावमाथि छलफल हुने भएको छ।
राष्ट्रियसभाको बैठक बिहान १०ः१५ बजे बस्नेछ भने प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ। प्रतिनिधिसभामा कानुनमन्त्री सोविता गौतमले नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्नेछिन्।
मेलमिलापसम्बन्धी संशोधन विधेयकमाथि विचार गर्ने प्रस्ताव तथा समुद्री जैविक विविधता संरक्षणसम्बन्धी सम्झौता पनि बैठकमा पेस हुनेछ। बालश्रमसम्बन्धी विधेयकलाई समितिमा पठाउने प्रस्ताव पनि कार्यसूचीमा राखिएको छ।
राष्ट्रियसभामा प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछन्।











