काठमाडौं । काठमाडौंको बानेश्वरमा ट्राफिक व्यवस्थापनमा खटिएकी महिला प्रहरीमाथि हातपात भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जुम्ला तातोपानी गाउँपालिका–२ का २७ वर्षीय राज कठायत छन्। उनी हाल बानेश्वर–१० मा बस्दै आएका छन्।
प्रहरीका अनुसार कठायतले जथाभावी सडक पार गर्न खोजेपछि महिला प्रहरी जवानले उनलाई आकाशे पुल प्रयोग गर्न आग्रह गरेकी थिइन्। त्यसै क्रममा उनले प्रहरी जवानमाथि हातपात गरेको बताइएको छ।











