काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा लगातार तेस्रो दिन गिरावट आएको छ। मंगलबार नेप्से ५.३० अंकले घटेर २,५९४.२७ विन्दुमा बन्द भएको हो।
सोमबार १९.१३ अंकले घटेको बजारमा मंगलबार पनि लगानीकर्ताको उत्साह कमजोर देखिएको छ। दिनभर ३५७ कम्पनीको सेयर ४६ हजार ५५८ पटक कारोबार भएको छ।
मंगलबार कुल ४ अर्ब १० करोड ५५ लाख २१ हजार १०७ रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएका कम्पनीमध्ये ७८ वटाको मूल्य बढेको, १८७ वटाको घटेको र १२ वटाको स्थिर रहेको छ।











