मंगलबार, भाद्र ०९, २०८३
भीषण आँधीले फ्रान्सको गाउँमा ठूलो क्षति, ३०० घर प्रभावित

काठमाडौं । दक्षिणपश्चिमी फ्रान्सको पोमासमा आएको शक्तिशाली टोर्नाडोले करिब ३०० घरमा क्षति पुर्‍याएको छ। घटनामा ४१ जना घाइते भएका छन्।

स्थानीय प्रशासनका अनुसार घाइतेमध्ये १५ जनालाई अस्पताल लगिएको छ। आँधीले घरका छाना उडाउनुका साथै गाउँका विभिन्न संरचनामा क्षति गरेको छ।

घटनापछि उद्धार र आपत्कालीन सेवाका १२० भन्दा बढी कर्मचारी परिचालन गरिएको छ। घर भत्किँदा एक गर्भवती महिला घाइते भएको उनका श्रीमान्ले बताएका छन्।

टोर्नाडोका कारण केही क्षेत्रमा विद्युत् आपूर्ति र यातायात सेवा प्रभावित भएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय