काठमाडौं । लुम्बिनी प्रदेश सरकारमा तीन जना नयाँ मन्त्रीले जिम्मेवारी पाएका छन्। मंगलबार प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
नवनियुक्त मन्त्रीहरूमा स्वास्थ्यतर्फ दीपेन्द्रकुमार पुन, आर्थिक मामिला तथा योजनातर्फ इन्द्रजित थारु र कृषि, भूमि व्यवस्था तथा सहकारीतर्फ कृष्णा कुश्मा थारु रहेका छन्।
मन्त्रिपरिषद् पुनर्गठनसँगै यसअघि स्वास्थ्य मन्त्रालय सम्हालिरहेका रामजीप्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिने निर्णय भएको छ। यस्तै, कृषि मन्त्रालयमा रहेका तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिने प्रस्ताव गरिएको छ।
मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा सोमबार मन्त्रिपरिषद् पुनर्गठन गरिएको थियो।











