बुधबार, भाद्र १०, २०८३
रसुवामा बाढीले तीन प्रहरी कार्यालयमा क्षति

रसुवा । तिब्बततर्फबाट आएको बाढीले रसुवामा नेपाल प्रहरीका तीन वटा प्रहरी कार्यालयमा ठूलो क्षति पुर्‍याएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी स्याप्रुबेसी र प्रहरी चौकी रसुवागढीमा बाढीका कारण क्षति पुगेको हो।

क्षतिग्रस्त प्रहरी कार्यालय तथा त्यहाँ कार्यरत प्रहरी कर्मचारीको अवस्थाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय