काठमाडौँ । रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि सुरक्षा निकायलाई तीव्र रूपमा परिचालन गरिएको छ।
सरकारले थप उद्धार सामग्रीसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोली प्रभावित क्षेत्रमा पठाएको हो।
गृहमन्त्री सुधन गुरुङले उद्धार, राहत तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सुरक्षा निकायबीच समन्वय आवश्यक रहेको बताएका छन्।











