काठमाडौँ । रसुवामा आएको बाढीका कारण भारतका १०५ सहित विभिन्न देशका ३८४ पर्यटक सम्पर्कविहीन भएका छन्।
नेपाल पर्यटन बोर्डका अनुसार सम्पर्कविहीनमध्ये २९१ विदेशी र ९३ नेपाली नागरिक रहेका छन्। भारतपछि मलेसियाका १७ र बेलायतका १२ जना पर्यटक सम्पर्कविहीन छन्।
त्यस्तै दक्षिण अफ्रिकाका ४, अमेरिकाका ३ तथा अस्ट्रेलिया र नेदरल्यान्ड्सका एक–एक जना रहेको बोर्डले जनाएको छ।











