काठमाडौँ । नेपाल–चीन सीमावर्ती केरुङ क्षेत्रमा बाढीपहिरोबाट क्षति भएपछि चिनियाँ राष्ट्रपति सी जिनपिङले उद्धार कार्यमा तीव्रता दिन निर्देशन दिएका छन्।
समाचार एजेन्सी ग्लोबल टाइम्सले सिन्ह्वालाई उद्धृत गर्दै बेपत्ता भएका मानिसहरूको खोजी तथा उद्धारका लागि उपलब्ध सबै स्रोत र क्षमता प्रयोग गर्न सीले निर्देशन दिएको जनाएको छ।
सिजाङ स्वायत्त क्षेत्रस्थित केरुङ नाकामा बाढीपहिरोले क्षति पुर्याएको छ। सीमा क्षेत्रको चिनियाँ बन्दरगाहमा ठूलो जनधनको क्षति भएको बताइएको छ।











