काठमाडौँ । रसुवा बाढीबाट प्रभावित क्षेत्रमा जारी उद्धार तथा राहत अभियानमा निजी क्षेत्रको सहभागिता बढ्दै गएको छ। यसैक्रममा गोर्खा ब्रुअरीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ नगद सहयोग उपलब्ध गराएको छ।
बाढी प्रभावित नागरिकका लागि राहत वितरण, खोज तथा उद्धार र पुनर्स्थापनाका कामलाई प्रभावकारी बनाउन सरकारले सहयोगलाई एकद्वार प्रणालीमार्फत परिचालन गर्ने व्यवस्था मिलाएको छ। सोही क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गोर्खा ब्रुअरीबाट प्राप्त १० करोड रुपैयाँ सहयोग बुझेका हुन्।











