काठमाडौं । नेपाल–चीन सीमावर्ती तिब्बतको केरुङ क्षेत्रमा बाढीपहिरोबाट भएको क्षतिको निरीक्षण गर्न चिनियाँ प्रधानमन्त्री लि छियाङ बिहीबार ग्याइरोङ पुगेका छन्।
बुधबार आएको विनाशकारी बाढीपहिरोबाट केरुङ क्षेत्र प्रभावित भएपछि प्रधानमन्त्री लिले स्थलगत निरीक्षण गरेका हुन्। राष्ट्रपति सी चिनफिङपछि चीनका दोस्रो वरिष्ठ नेता रहेका लिले प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिएका छन्।
यसैबीच, सडक सञ्जाल अवरुद्ध र मौसम प्रतिकूल भएपछि केरुङ नाकामा पहिलो चिनियाँ आपत्कालीन उद्धार टोली विपद् आएको करिब २२ घण्टापछि मात्र पुग्न सकेको छ।











