शनिबार, भाद्र १३, २०८३
बाढीपीडितका लागि जुट्यो १ अर्ब ९१ करोडभन्दा बढी सहयोग

काठमाडौं ।  प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा भोटेकोशी बाढी प्रभावितका लागि एक अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ संकलन भएको छ। सरकारले सहयोगका लागि आह्वान गरेको ३६ घण्टाभित्रै उक्त रकम जम्मा भएको अर्थ मन्त्रालयले जनाएको छ।

१० वटा वाणिज्य बैंकमा रहेका खातामा बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म दाताहरूले रकम जम्मा गरेका हुन्। भोटेकोशीमा आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि सरकारले प्रभावित क्षेत्रलाई संकटग्रस्त घोषणा गरेको थियो।

सिफारिस

ताजा समाचार

लोकप्रिय