शनिबार, भाद्र १३, २०८३
पोखरामा बाढीका शव पहिचान गर्न आफन्तको भीड

पोखरा । भोटेकोसी बाढीमा बेपत्ता भएकाहरूका आफन्त शव पहिचानका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पुग्न थालेका छन्।

नवलपुर, धादिङ, तनहुँ र गोरखाबाट ल्याइएका ९३ शव प्रतिष्ठानमा राखिएको छ भने नौ शव मणिपाल शिक्षण अस्पतालमा छन्। आफन्तलाई स्क्रिनमा शवका तस्बिर देखाएर पहिचान गराउने व्यवस्था गरिएको छ।

पहिचान भएका शव कानुनी प्रक्रिया पूरा गरी आफन्तलाई बुझाइनेछ भने पहिचान हुन नसकेकाको डीएनए परीक्षण गरिने प्रहरीले जनाएको छ। शव धेरै भएकाले पहिचान तथा व्यवस्थापनमा केही दिन लाग्न सक्ने प्रशासनले जनाएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय