सोमबार, भाद्र १५, २०८३
भोटेकोशी बाढीको सेफमा रहेको लाखौँ नगद चोरी, धादिङमा २९ जना पक्राउ

रसुवा । भोटेकोशी नदीमा आएको बाढीले बगाएर धादिङ पुगेको सेफ तोडफोड गरी लाखौँ रुपैयाँ नगद चोरी गरेको आरोपमा प्रहरीले २९ जनालाई पक्राउ गरेको छ। प्रहरीले पक्राउ परेकाहरूबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ बरामद गरेको जनाएको छ।

भदौ १० गते भोटेकोशीमा आएको बाढीले नगद राखिएको सेफ बगाएर धादिङको गल्छी गाउँपालिका–४ बेल्खुखोलास्थित त्रिशूली नदी किनारमा पुर्‍याएको थियो। उक्त सेफ स्थानीयले फेला पारेपछि तोडफोड गरी नगद निकालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

शुक्रबार घटनाबारे जानकारी पाएलगत्तै प्रहरीले अनुसन्धान अघि बढाएको थियो। त्यसक्रममा २९ जनालाई नियन्त्रणमा लिएर खानतलासी गर्दा ठूलो रकम बरामद भएको हो।

सिफारिस

ताजा समाचार

लोकप्रिय