सोमबार, भाद्र १५, २०८३
काठमाडौँ–मुग्लिन सडकमा रोकिएका सवारी गन्तव्यतर्फ पठाइँदै

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीका कारण अवरुद्ध भएको काठमाडौँ–मुग्लिन सडक आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। बाढीपछि सडकमा थुप्रिएको लेदो तथा माटो हटाइएपछि यातायात सञ्चालनमा ल्याइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कार्यालयका प्रमुख एसएसपी सुरेशप्रसाद काफ्लेका अनुसार सडक सञ्चालनमा आएपछि लामो समयदेखि विभिन्न स्थानमा रोकिएका सवारीसाधनलाई क्रमशः सुरक्षित गन्तव्यतर्फ पठाउन थालिएको छ।

बाढीले सडकमा ठूलो मात्रामा लेदो थुपारेका कारण राजमार्ग अवरुद्ध भएको थियो। सफाइपछि अहिले सवारीसाधन सञ्चालन गर्न सहज भएको प्रहरीले जनाएको छ।

यसैबीच, धादिङको वैरेनी बजार क्षेत्रमा करिब एक किलोमिटर सडकखण्ड भने एकतर्फी रूपमा मात्र सञ्चालनमा रहेको छ। अवरुद्ध सडक खुलाउने र यातायात सहज बनाउने काम जारी रहेको प्रहरीले जनाएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय