सोमबार, भाद्र १५, २०८३
बाढीको क्षतिपछि परराष्ट्रमन्त्री खनालले रोके सर्बिया जाने कार्यक्रम

काठमाडौँ । रसुवा र नुवाकोटलगायतका क्षेत्रमा आएको विनाशकारी बाढीबाट ठूलो क्षति भएपछि परराष्ट्रमन्त्री शिशिर खनालले सर्बिया जाने आफ्नो कार्यक्रम रद्द गरेका छन्।

यसअघि मन्त्रिपरिषद्को साउन २६ गतेको निर्णयअनुसार खनालको नेतृत्वमा तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डल सर्बिया जाने तय भएको थियो। आइतबार प्रस्थान गर्ने तयारी भए पनि बाढीपछि उत्पन्न विपद्को अवस्थाका कारण मन्त्री खनाल भ्रमणमा नजाने भएका हुन्।

अब सर्बियामा हुने कार्यक्रममा नेपालको प्रतिनिधित्व परराष्ट्र मन्त्रालयका संयुक्त राष्ट्रसङ्घ तथा विशिष्टीकृत सङ्घ संस्था महाशाखाका प्रमुख कृष्णप्रसाद ढकालको नेतृत्वमा दुई सदस्यीय टोलीले गर्नेछ।

बेलग्रेडमा भदौ १५ र १६ गते (अगस्ट ३१ र सेप्टेम्बर १) असंलग्न आन्दोलनको उच्चस्तरीय स्मरण सभा हुँदैछ।

सिफारिस

ताजा समाचार

लोकप्रिय