काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बाढीपीडितको राहतका लागि १५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।
आज फेसबुकमा एक पोस्ट गर्दै साम्पाङले पार्टीका तर्फबाट बाढीपीडित कोषमा १५ लाख रुपैयाँ जम्मा गर्ने जानकारी दिएका हुन्।
‘कलिलो तर मलिलो’ पार्टीका रूपमा उल्लेख गर्दै उनले विपद्को समयमा पीडितको साथमा उभिने प्रतिबद्धता व्यक्त गरेका छन्।
साम्पाङले अहिले घोषणा गरिएको रकम पार्टीको तर्फबाट हुने र आगामी राहत तथा साथ अभियानबाट थप सहयोग जुटाइने बताएका छन्।











