रसुवा । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवागढी जलविद्युत् आयोजनामा सुरुङभित्र मानिस फसेको आशंकामा सञ्चालन गरिएको उद्धार तथा खोजी अभियान सम्पन्न भएको छ।
नेपाली सेनाको नेतृत्वमा इन्जिनियर र ड्रोन टोलीसहित सुरुङको भित्री भागमा व्यापक खोजी गरिएको थियो। टोलीले सुरुङको अन्तिम बिन्दुसम्म पुगेर ड्रोनमार्फत पनि सम्भावित स्थानहरूको निरीक्षण गरेको थियो।
खोजीका क्रममा कुनै मानिस फेला नपरेपछि सुरुङभित्र मानवीय उपस्थिति नरहेको पुष्टि भएको हो। त्यसपछि नेपाली सेनाको टोली आयोजनास्थलबाट धुन्चे फर्किएको छ।











