मंगलबार, भाद्र १६, २०८३
रसुवाको भोटेकोशी बाढीबारे प्रधानमन्त्री शाहले लिए सुरक्षा निकायको जानकारी

काठमाडाैं । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट सिर्जित अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग जानकारी लिएका छन्।

सोमबार बिहान प्रधान सेनापति अशोकराज सिग्देलसँग भेट गरी प्रधानमन्त्रीले खोजी तथा उद्धार, राहत र व्यवस्थापनको अवस्थाबारे ब्रिफिङ लिएका हुन्।

त्यसपछि सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि उनले छलफल गरेका छन्। प्रधानमन्त्री शाहले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग पनि आजै ब्रिफिङ लिने बताइएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय