शुक्रबार, भाद्र १९, २०८३
राष्ट्रिय विपत्तिमा सहयोग गर्न भट्टराईको आग्रह, उद्धार कोषमा १ लाख

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन्।

सोमबार कोषमा रकम जम्मा गरेपछि भट्टराईले राष्ट्रिय विपत्तिको समयमा सबैले आ–आफ्नो क्षमताअनुसार सहयोग गर्न आग्रह गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो सहयोगबारे जानकारी दिएका हुन्।

बाढीबाट ठूलो क्षति भएपछि भोटेकोशी प्रभावितका लागि विभिन्न व्यक्ति तथा संस्थाले आर्थिक तथा अन्य सहयोग उपलब्ध गराउने क्रम बढेको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय