मंगलबार, भाद्र १६, २०८३
रसुवा बाढीपीडितलाई एमालेको सहयोग, १ करोड २० लाख जुटाउने

काठमाडौं । नेकपा (एमाले) ले रसुवाका बाढी, पहिरो तथा डुबान प्रभावित नागरिकका लागि १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा विपद् प्रभावितका लागि उक्त रकम जुटाउने घोषणा गरेका हुन्।

कार्यक्रममा एमाले बागमती प्रदेश कमिटी र राजधानी विशेष प्रदेश कमिटीले १०–१० लाख रुपैयाँ गरी २० लाख रुपैयाँको चेक ओलीलाई हस्तान्तरण गरे। ओलीले बाँकी रकम केन्द्रीय तहबाट कोष परिचालन गरी जुटाइने बताए।

उनले राहत वितरणमा हुने प्रक्रियागत ढिलाइ हटाएर पीडितलाई प्रत्यक्ष र शीघ्र राहत उपलब्ध गराउनुपर्नेमा जोड दिए।

सिफारिस

ताजा समाचार

लोकप्रिय