काठमाडौं । ह्वासिया इन्भेस्टमेन्ट कम्पनी लिमिटेडले विपद् प्रभावित नागरिकको राहत तथा उद्धारका लागि २० लाख रुपैयाँ सहयोग गरेको छ।
कम्पनीका प्रतिनिधि डेभिड यीङले उद्योगमन्त्री गौरी यादवलाई २० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत प्रभावितको राहत र उद्धारमा खर्च गरिने जनाइएको छ।
चेक हस्तान्तरणपछि मन्त्री यादवले विपद्को कठिन समयमा कम्पनीले गरेको सहयोगको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरिन्। उनले सहयोग रकम प्रभावित नागरिकको राहत तथा उद्धारमा सदुपयोग हुने प्रतिबद्धता जनाइन्।
सरकारको राहत तथा उद्धार अभियानमा निजी क्षेत्र र विभिन्न संघ–संस्थाबाट प्राप्त सहयोगले महत्वपूर्ण भूमिका खेल्ने मन्त्री यादवले बताइन्।











