बुधबार, भाद्र १७, २०८३
बस्तीपुरमा राप्ती खोलाले बगाएका वृद्धको शव फेला

हेटौंडा । राप्ती खोलाले बगाउँदा मकवानपुरमा एक वृद्धको मृत्यु भएको छ।

हेटौंडा उपमहानगरपालिका–१९, बस्तीपुरमा आज बिहान खोलाले बगाउँदा मनहरी गाउँपालिका–४ मसिनेका ७० वर्षीय बलबहादुर रुम्बाको मृत्यु भएको प्रहरीले जनाएको छ।

रुम्बालाई बिहान सवा ७ बजे राप्ती खोलाले बगाएको सूचना पाएपछि नेवारपानीबाट प्रहरी टोली खोजीमा परिचालन भएको थियो। केही समयपछि बस्तीपुर पुलबाट करिब ५०० मिटर तल खोलामा उनको शव फेला परेको प्रहरीले जनाएको छ।

शव पोस्टमार्टमका लागि हेटौंडा अस्पताल पठाइएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय