काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफ्नो एक महिनाको पारिश्रमिक योगदान गर्ने भएका छन्।
भीषण बाढी तथा अन्य विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापना कार्यमा सहयोग गर्ने उद्देश्यले पारिश्रमिक कोषमा जम्मा गर्ने निर्णय गरिएको प्रमुख स्वकीय सचिव मुना कुवरले जानकारी दिइन्।
त्यस्तै, संघीय संसद् सचिवालय र सभामुखको सचिवालयमा कार्यरत कर्मचारीहरूको तलबबाट पनि नेपाल सरकारको निर्णयअनुसार रकम कट्टा गरेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ।











