बुधबार, भाद्र १७, २०८३
विपद्मा एमएडब्लु ग्रुपको साथ, उद्धार कोषमा १.११ करोड योगदान

काठमाडौं । फ्ल्यास फ्लडका कारण देशका विभिन्न जिल्लामा सिर्जित विपद्को कठिन समयमा एमएडब्लु ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ योगदान गरेको छ।

रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, नवलपरासी र चितवनलगायत जिल्लाका प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग गर्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको ग्रुपले जनाएको छ।

देश पुनःनिर्माण र पुनःस्थापनातर्फ अघि बढिरहेको अवस्थामा प्रभावित नागरिकसँग ऐक्यबद्धता जनाउँदै सहयोग गरिएको हो। कोषमार्फत उपलब्ध हुने सहयोगले विपद्बाट प्रभावित परिवारलाई आफ्नो जीवन पुनःनिर्माण गर्न केही सहजता प्रदान गर्ने एमएडब्लु ग्रुपको विश्वास छ।

अध्यक्ष विष्णुकुमार अग्रवालले विपद्का बेला राष्ट्र र नेपाली जनताको साथमा उभिनु कम्पनीको दायित्व भएको बताए। उनले प्रभावित परिवारले भोगिरहेको पीडा गहिरो रहेकाले कुनै पनि सहयोग त्यसको पूर्ण क्षतिपूर्ति हुन नसक्ने, तर राहतमा योगदान पुग्ने बताए।

सिफारिस

ताजा समाचार

लोकप्रिय