काठमाडौं । भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै प्रतिनिधिसभाले आज विशेष प्रस्ताव प्रस्तुत गर्ने भएको छ।
दिउँसो १ बजे सिंहदरबारमा बस्ने बैठकमा सभामुख डोलप्रसाद अर्यालले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नेछन्।
बाढीले रसुवा, नुवाकोट, धादिङ, चितवन र गोरखाका विभिन्न नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता नागरिकको खोजी, घाइतेको उपचार तथा घरबारविहीन परिवारको व्यवस्थापनका लागि ध्यानाकर्षण गराइनेछ।
संसद्को विशेष प्रस्तावमार्फत शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गरिनेछ।











