विराटनगर । विराटनगरको सीमावर्ती क्षेत्रबाट अस्पतालको नाम प्रयोग गरिएको भ्यानमा लुकाएर राखिएको ठूलो परिमाणको गाँजा बरामद भएको छ।
दरैयास्थित कोलर चोकमा मंगलबार राति सशस्त्र प्रहरीको टोलीले को १ च ६६२० नम्बरको सुजुकी भ्यानलाई रोकेर जाँच गर्न खोजेको थियो। सुरक्षाकर्मी देखेपछि चालक भ्यान छाडेर फरार भएका थिए।
भ्यानभित्र खानतलासी गर्दा दुईवटा बोरामा राखिएको करिब ६० किलो गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धानका लागि बरामद सामग्री तथा भ्यान नेपाल प्रहरीलाई बुझाउने प्रक्रिया अघि बढाइएको छ।











