बिहिबार, भाद्र १८, २०८३
विदेशी विज्ञको सहयोग लिन ढिलाइ गर्नु सरकारको ठूलो भूल : पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले विपद् व्यवस्थापनमा सरकारको तयारी र कार्यक्षमतामाथि प्रश्न उठाएका छन्। उनले विपद्को समयमा सरकारी उपस्थिति निराशाजनक देखिएको भन्दै उद्धार र राहत कार्य प्रभावकारी बनाउन नसकेको आरोप लगाए।

सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै पौडेलले सरकारको सक्रियता सामाजिक सञ्जालका पोस्टमा बढी देखिएको तर विपद् प्रभावित क्षेत्रमा वास्तविक उद्धार तथा राहतको अवस्था कमजोर रहेको बताए।

विशेषगरी सुरुङ मार्ग र जटिल भौगोलिक क्षेत्रमा फसेकाको उद्धारमा बाह्य विशेषज्ञको सहयोग लिन ढिलाइ गर्नु गम्भीर गल्ती भएको उनको भनाइ छ। ‘विज्ञ झिकाउन तत्कालै तत्परता देखाएको भए उद्धारमा यति गम्भीर ढिलाइ हुने थिएन,’ उनले उल्लेख गरेका छन्।

प्रधानमन्त्रीले ढिलै भए पनि उद्धारमा कमजोरी स्वीकार गर्दै विदेशी विज्ञसँग समन्वय भइरहेको बताएको विषयले सरकार प्रारम्भिक चरणमै प्रभावकारी निर्णय लिन नसकेको देखाउने पौडेलको निष्कर्ष छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय