बिहिबार, भाद्र १८, २०८३
१५.४४ अंक बढ्यो नेप्से, अधिकांश कम्पनीको मूल्य उकालो

काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधबार सेयर बजारमा सुधार आएको छ। नेप्से परिसूचक १५.४४ अंकले बढेर २,५३८.११ विन्दुमा पुगेको छ।

बुधबार कुल ७२ लाख ५८ हजार कित्ता सेयर किनबेच भएका छन्। ३९ हजार ५३१ पटकको कारोबारबाट २ अर्ब ९३ करोड ६५ लाख ६० हजार १६७ रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो दिन २ अर्ब ९० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।

आज कारोबार भएका ३५४ कम्पनीमध्ये १८७ कम्पनीको सेयर मूल्य बढ्दा ८१ कम्पनीको घटेको छ। १० कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।

सबैभन्दा धेरै मूल्य बढ्ने कम्पनीमा अप्पर लघुवित्त वित्तीय संस्था, माथिल्लो मैलुङ खोला जलविद्युत् र आत्मनिर्भर लघुवित्त वित्तीय संस्था रहेका छन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय