काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक २० भदौमा बस्ने गरी आह्वान गरेको छ। बैठकमा समसामयिक राजनीतिक तथा पार्टीसँग सम्बन्धित विषयमा छलफल हुने जनाइएको छ।
विशेषगरी रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढी तथा त्यसबाट सिर्जित विपद्को अवस्थाबारे बैठकमा छलफल हुनेछ। साथै, पार्टीको १५औँ महाधिवेशनको विषय पनि छलफलको एजेन्डामा राखिएको छ।
कांग्रेसले बैठकका लागि केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन आग्रह गरेको छ।











