काठमाडौं । सुनचाँदी बजारमा आज दुवै धातुको मूल्य उकालो लागेको छ। सुनको भाउ प्रतितोला ७ हजार ६ सय रुपैयाँले बढेर ३ लाख ४ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसैगरी, चाँदीको मूल्यमा पनि १४५ रुपैयाँ वृद्धि भएको छ। आज चाँदी प्रतितोला ४ हजार ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।











