स्याङ्जा । चापाकोट नगरपालिका–१ का वडाध्यक्ष भुपराज वस्तीमाथि मोबिल छ्यापेको आरोपमा वडा सदस्य सन्तोष थापा मगर प्रहरी हिरासतमा पुगेका छन्।
मंगलबार दिउँसो वडा कार्यालय परिसरमा भएको घटनापछि प्रहरीले ३१ वर्षीय थापा मगरलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार उनीविरुद्ध अनुसन्धान गर्न जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइएको छ।











