काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई राहत पुर्याउने अभियानमा सरकारलाई पूर्ण सहयोग गर्ने निर्णय गरेको छ।
प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले राहत सामग्री संकलन भइसकेपछि त्यसलाई ढिलाइ नगरी ७२ घण्टाभित्र प्रभावितसम्म पुर्याउनुपर्ने बताए।
उद्धार र राहत वितरणसँगै दीर्घकालीन पुनर्स्थापना तथा पुनर्निर्माणमा समेत सरकारसँग सहकार्य गर्ने नीति पार्टीले लिएको उनले जानकारी दिए। प्रधानमन्त्रीका सल्लाहकारसमेत पार्टी सचिवालयमा रहेकाले आवश्यक समन्वय र तयारी भइरहेको उनको भनाइ छ।











