शनिबार, भाद्र २०, २०८३
त्रिशूली–३ ‘ए’बाट दुई जनाको उद्धार, हेलिकप्टरबाट काठमाडौं ल्याइयो

काठमाडौँ । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका सञ्जय साह र कविर महर्जनको सकुशल उद्धार गरिएको छ।

बाढी आएको १०औँ दिन भदौ १९ गते बिहान नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले उनीहरूलाई सुरुङबाट जीवितै बाहिर निकालेको हो।

उद्धारपछि दुवै जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ। उनीहरूको छाउनीस्थित सैनिक अस्पतालमा उपचार भइरहेको नेपाली सेनाले जनाएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय