शनिबार, भाद्र २०, २०८३
‘आशाको किरण अझै जीवितै छ’ : गृहमन्त्री सुधन गुरुङ

काठमाडौँ । त्रिशूली–३ ‘ए’को सुरुङबाट १० दिनपछि दुई जनाको सकुशल उद्धार भएपछि गृहमन्त्री सुधन गुरुङले अझै आशा जीवित रहेको बताएका छन्।

उनले चुनौतीपूर्ण परिस्थितिका बाबजुद खोज तथा उद्धारमा निरन्तर खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सेन्ट्रल कमान्ड सेन्टरका सम्पूर्ण टोलीलाई धन्यवाद दिएका छन्।

गुरुङले उद्धार अभियानमा निरन्तर प्रयास गरिरहेका सागर ढकाल र श्रीराम न्यौपानेको उच्च कदर गर्दै उद्धार टोलीहरू सबै सुरुङमा निरन्तर रूपमा परिचालित रहेको बताएका छन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय