शनिबार, भाद्र २०, २०८३
काभ्रेमा पिपलको रुखमा घण्टी झुन्ड्याउने क्रममा लडेर एक पुरुषको मृत्यु

काभ्रे । काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–५, केउरेनीमा पिपलको रुखमा घण्टी झुन्ड्याउने क्रममा विद्यालयको पिल्लरबाट लडेर एक पुरुषको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय रुद्रप्रसाद गौतम रहेका छन्। शुक्रबार बिहान करिब ११ बजे महाकालीदेवी मन्दिरमा पूजा गर्न जाने क्रममा पिपलको रुखमा घण्टी झुन्ड्याउन खोज्दा उनी जागृति माध्यमिक विद्यालयको करिब ६ फिट अग्लो पिल्लर गेटबाट लडेका थिए।

लडेर टाउकोमा गहिरो चोट लागेका गौतमलाई उपचारका लागि धुसेनी देउराली अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी रविन विष्टले जानकारी दिए।

घटनाको खबर पाएलगत्तै प्रहरी चौकी ढाडखर्कबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय