शनिबार, भाद्र २०, २०८३
डिकीमा लुकाएर राखिएको ११४ किलो गाँजा बरामद, युवक पक्राउ

पर्सा । प्रहरीले पर्साबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। पकहाँ मैनपुर–१ धोरेमा शुक्रबार राति गरिएको चेकजाँचका क्रममा बा १८ च ३६५७ नम्बरको निशान कारको डिकीमा लुकाएर राखिएको ११४ किलो २५ ग्राम गाँजा फेला परेको हो।

प्रहरीले गाँजा १२ वटा पोकामा प्लास्टिकको डोरीले बाँधेर राखिएको जनाएको छ। घटनामा धादिङको बेनिघाट रोराङ–८ का २१ वर्षीय साजन चेपाङ पक्राउ परेका छन्। घटनाको थप अनुसन्धान जारी छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय