काठमाडौँ । भौतिक तथा पूर्वाधारमन्त्री सुनिल लम्सालले विगतका विभिन्न आन्दोलनले देशमा परिवर्तनको आधार तयार गरेको उल्लेख गर्दै अब प्राप्त उपलब्धिलाई संस्थागत गरी विकास र सुशासनमार्फत जनताको जीवनस्तरमा सुधार ल्याउनुपर्ने बताएका छन्।
उनले जेन–जी शहीदहरूको बलिदानलाई देश निर्माणसँग जोड्नुपर्ने धारणा राखे ।











