सोमबार, भाद्र २२, २०८३
कृष्णभीरमा सडक भासिएपछि तराईबाट वैकल्पिक मार्ग हुँदै काठमाडौं भित्रियो ८७ हजार ग्यास सिलिण्डर

काठमाडौँ । भदौ १४ गते त्रिशूली नदीको कटानका कारण धादिङको कृष्णभीरमा पृथ्वी राजमार्ग अवरुद्ध भएपछि इन्धन तथा ग्यास बोकेका सवारीसाधन बाटोमै रोकिए। त्यसपछि नेपाल आयल निगमले आपूर्ति निरन्तर राख्न वैकल्पिक मार्ग प्रयोग गर्न थालेको हो।

निगमका अनुसार भदौ १८, १९ र २० गते मात्रै वैकल्पिक मार्ग हुँदै ८७ हजार ८७७ वटा एलपी ग्यास सिलिण्डर काठमाडौं भित्रिएका छन्।

तीन दिनमा क्रमशः २४ हजार ४९४, ३४ हजार १३४ र २९ हजार २४९ सिलिण्डर उपत्यका ल्याइएको प्रवक्ता मनोज ठाकुरले बताए।

निगमले काठमाडौं तथा आसपासका क्षेत्रमा पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति सहज बनाउन वैकल्पिक मार्गबाट ढुवानी जारी राखेको जनाएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय