काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकामध्ये २४४ जनाको शव त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको छ।
अस्पतालका फरेन्सिक ल्याब प्रमुख डा. गोपाल चौधरीका अनुसार तीमध्ये २४ शवको पहिचान खुलेपछि परिवार तथा आफन्तलाई बुझाइएको छ।
१६१ शवको अस्थायी व्यवस्थापन भइसकेको छ भने ५९ शव अझै अस्पतालमै रहेका छन्। केही शवको पोस्टमार्टम गर्न बाँकी रहेकाले प्रक्रिया पूरा भएपछि आवश्यक व्यवस्थापन गरिने अस्पतालले जनाएको छ।











