सोमबार, भाद्र २२, २०८३
पवनको अर्धशतक र लोकेशको ४७ रन खेर, नेपाल ‘ए’ २ विकेटले हार्‍यो

काठमाडौँ । नेपाल ‘ए’का पवन सर्राफ र लोकेश बमको उत्कृष्ट ब्याटिङका बाबजुद टोली न्युजिल्यान्ड ‘ए’सँग दुई विकेटले पराजित भएको छ। अष्ट्रेलियाको डार्विनमा भएको अन्तिम एकदिवसीय खेलमा नेपालले दिएको २१२ रनको लक्ष्य न्युजिल्यान्डले ४९.५ ओभरमा आठ विकेट गुमाएर पूरा गरेको हो।

नेपालका पवनले ९२ बलमा ६ चौकासहित ५९ रन बनाए भने लोकेशले ६४ बलमा चार छक्का र एक चौकासहित ४७ रन जोडे। न्युजिल्यान्डका राइस मारिउले १३७ रन बनाएर टोलीलाई जित दिलाए।

नेपालका रिजन ढकाल, युवराज खत्री र साहब आलमले दुई–दुई तथा विपिन खत्री र पवन सर्राफले एक–एक विकेट लिए।

सिफारिस

ताजा समाचार

लोकप्रिय