सोमबार, भाद्र २२, २०८३
भोटेकोशीको त्रासदीमा ज्यान गुमाएकाको सम्झनामा राष्ट्रिय शोक

काठमाडौँ । भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै छ। बाढीमा मृत्यु भएकाप्रति सम्मानस्वरूप देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली दूतावास तथा नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीका कारण हालसम्म १ हजार ३४२ जनाले ज्यान गुमाएका छन्। ४ हजार ९९६ जना सम्पर्कविहीन छन् भने ६ हजार ८३ जना घाइते भएका छन्।

खोज, उद्धार र राहतका लागि २१ हजार ४६५ सुरक्षाकर्मी परिचालन गरिएको छ। हालसम्म बाढी प्रभावित क्षेत्रबाट १३ हजार ३९१ जनाको उद्धार गरिएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय